भक्तपुर २७ साउन । स्पेनका तथा बार्सिलोनाका डिफेन्डर समेत रहेका जेरार्ड पीकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गर्दै क्लब फुटबलमा आफु केन्द्रित हुने बताएका छन् ।
३१ वर्षीय पीकेले स्पेनको राष्ट्रिय टिममा २००९ देखि २०१८ सम्म खेलेका थिए । उनले स्पेनलाई एकपटक विश्वकपको उपाधि समेत दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।
सन्यासको घोषणा गर्दै पीकेले भने, मैले प्रशिक्षक लुईस ईनरेकेलाई आफ्नो निर्णयको बिषयमा अवगत गराई सकेको छु । मैले स्पेनिस टिमसंग निकै राम्रो समय बिताए । स्पेनको सफलताको एक हिस्सा बन्न पाएकोमा म खुसी छु । एजेन्सी
Comments