भक्तपुर २६ साउन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको लिगको पहिलो खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
युनाइटेडलाई जित दिलाउन कप्तान पाउल पोग्बा र लुका साले एक एक गोल गरे । लेष्टरका जेमी भर्डीले एक गोल फर्काए । युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाउन सफल भएको थियो । पल पोग्वाले पेनाल्टीमार्फत गोल गर्न सफल भएको थियो । आफैले डि–बक्समा बल क्रस गर्दा लेस्टरका अमारटेले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो ।
पहिलो हाफमा १–० ले आघि रहेको युनाइटेडले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको थियो । खेलको ८३ औं मिनेटमा लुका साले गोल गर्दै लेष्टरविरुद्ध युनाइटेडलाई २–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा लेष्टरका जेमी भर्डीले एक गोल फर्काएपनि युनाइटेडले खेल २–१ आफ्नो बनायो ।
जितसंगै जोसे मोरिन्होको टोली युनाइटेडले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । लेष्टरले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।
लिग अन्तर्गत आज ६ खेल हुँदैछ ।
प्रिमियर लिगमा आजको खेलहरु
१। न्युक्यासल युनाइटेडविरुद्ध टोटनह्याम हस्टपर साँझ ५ः१५ बजे
२। बोर्नामाउथविरुद्ध कार्डिफ सिटी साँझ ७ः४५ बजे
३। फुलह्यामविरुद्ध क्रिस्टल प्यालेस साँझ ७ः४५ बजे
४। हडर्सफिल्ड टाउनविरुद्ध चेल्सी साँझ ७ः४५ बजे
५। वाटफोर्डविरुद्ध ब्रिङटोन एन्ड अल्वियोन९साँझ ७ः४५ बजे
६। वल्भरह्याम्टन वन्डरर्सविरुद्ध एभर्टन राति १०ः१५ बजे । एजेन्सी
Comments