भक्तपुर २६ साउन । भुटानमा जारी दोस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज शनिबार पहिलो खेल खेल्दैछ ।
नेपालले थिम्पुस्थित चालिमिथाङ मैदानमा पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपराह्न हुनेछ । यस्तै नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
Comments