भक्तपुर २५ साउन । एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ । १० दिने विशेष प्रशिक्षणमा रहेको आज नेपालले थाइल्याण्डको यू–२३ फुटबल टोलीसँग अभ्यास खेल खेल्न लागेको हो ।
नेपाली टिमले मंगलबार भएको खेलमा थाइल्यान्डको पुलिस टेरो क्लबसँग १–० को हार बेहोरेको थियो । त्यो खेलमा नेपालका डिफेन्डर सुमन अर्यालले आत्मघाती गोल गरेका थिए । नेपालले आज थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह हुनेछ ।
Comments