काठमाडौं २४ साउन । विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै नेपाली धाविका सुनमाया बुढाले माउन्ट गोवालिगोङ अल्ट्रा टिएचटी म्याराथनको उपाधि जितेकी छिन् ।
चीनमा बिहिबार बिहान सम्पन्न खेलमा सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर उपाधि जितेकी हुन् ।
यस्तै, सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दोस्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् ।
Comments