भक्तपुर २४ साउन । दोस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप आज बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।थिम्पुस्थित चालिमिथाङ मैदानमा हुने उद्घाटन खेलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तानबीच हुनेछ ।
बिहिबारबाट प्रतियोगिता सुरु हुने भएपनि नेपालको पहिलो खेल शनिबार रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसंग खेल्नेछ ।पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् । नेपाल पहिलो संस्करणमा सहभागि भए पनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन ।
Comments