भक्तपुर २४ साउन । दक्षिण अफ्रिकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा श्रीलंकाले जित निकालेको छ । बुधबार राति वर्षाले प्रभावित भएको खेलमा श्रीलंकाले डकवर्थ लेविस ९डिएल०को आधारमा दक्षिण अफ्रिकालाई ३ रनले हराएको हो । श्रीलंकाले दिएको १९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २१ ओभर खेल्दै ९ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर ३०६ रनको उच्च योगफल तयार गरेको थियो । श्रीलंकाका डसुन शानकाले ६५ रन र थिसरा परेराले अविजित ५१ रन जोडे । यस्तै, कुशल परेराले ५१ रन, उपुल थरंगाले ३६ तथा निरोशन डिक्वालाले ३४ रन जोडे । दक्षिण अफ्रिकाका लुंगी नेग्दी र जेपी डुमिनीले समान २र२ विकेट लिए ।
यसअघि श्रीलंकाले दक्षिण अफ्रिकालाई ३०७ रनको लक्ष्य दिएको थियो । तर, दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ्ग गरिरहदा वर्षाले खेल प्रभावित गरेपछि दक्षिण अफ्रिकाले डिएलको आधारमा २१ ओभरमा १९१ रनको नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हसीम अमलाले ४० तथा जेपी डुमिनीले ३८ रन जोडे । यस्तै कप्तान क्विनटन डी ककले २३ रन, डेभिड मिलरले २१ रन बनाए । श्रीलंकाका सुरंगा लाकमलले ३ विकेट र थिसरा परेराले २ विकेट लिए । पाँच वटा एकदिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले ३–१ बनाएको छ । सिरिज भने दक्षिण अफ्रीकाले यसअघि नै जितिसकेको छ । दुई टोलीबीचको अन्तिम एकदिवसीय आइतबार हुनेछ । एजेन्सी
Comments