भक्तपुर २३ साउन । वैकल्पिक गोलकिपर रोबर्ट ग्रीन नायक बनेपछि इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।स्टामफोर्ड ब्रिजमा भएको खेलमा भेट्रान गोलकिपर रोबर्ट ग्रिनले उत्कृष्ट प्रर्दशन गर्दै प्रशिक्षक माउरिजियो सर्रीलाई राहत दिलाए ।
पेनाल्टी सुटआउटमा दोस्रो हाफमा मैदान छिरेका चेल्सीका गोलकिपर रोबर्ट ग्रीनले एक पेनाल्टी बचाएका थिए । रोबर्ट ७४ औं मिनेटमा मार्सिनल बुल्काको स्थानमा मैदान छिरेका थिए ।चेल्सीले हडल्र्सफिल्ड टाउनसँग शनिबार खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ । एजेन्सी
Comments