काठमाडौं २२ साउन । ब्राजिलका मिडफिल्डर बर्नाडलाई इंग्लिस क्लब एभर्टनले अनुबन्ध गरेको छ । एभर्टनले बर्नाडलाई युक्रेनी क्लब साख्तर डोनेस्कबाट स्वतन्त्र मुल्यमा अनुबन्ध गरेको हो ।
२५ वर्षीय बर्नाडलाई इंग्लिस क्लब चेल्सी, वेस्टह्याम र एसी मिलानले पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, उनी एभर्टनमा आउन सहमत भएको हो ।
बर्नाड ब्राजिली क्लब एट्लेटिको मिनिरोबाट २०१३ मा ४० मिलियन पाउन्डमा युक्रेनी क्लब डोनेस्कमा ५ वर्षको लागि अनुबन्ध भएको थियो । उनको सम्झौता सकिसकेका कारण एभर्टनले फ्रि ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । बर्नाडले २०१२ मा ब्राजिली टिममा डेब्यु गरेका थिए । एजेन्सी
Comments