भक्तपुर १७ साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई सडन डेथमा ६–५ गोल अन्तरले हराएको हो ।
खेलको पाँचौ मिनेटमा एन्टोनियो रुडीगरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । रिस नेल्सनको पासमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै खेललाई अन्तिम समयमा पेनाल्टीतर्फ मोडेका थिए ।
आयरल्याण्डमा भएको खेलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो ।
पेनाल्टीमा आर्सनल र चेल्सीको ५–५ गोल भएको थियो । आर्सनलका लागि लाकाजेट, माटियो गुन्डोजी, एन्स्ली मेटलेन्ड९नाइल्स, मेसुट ओजिल र रिस नेल्सनले गोल गरे । यस्तै, चेल्सीका ड्यानी ड्रिंकवाटर, ट्यामी अब्राहम, भिक्टर मोजेज, एमेर्सन र लुकास पियाजोनले गोल गरे ।
पेनाल्टी सुटआउटमा ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा आर्सनलका गोलकिपर पिटर चेकले चेल्सीका रुबेन लोफ्टुसको प्रहार बचाऊदै आर्सनललाई जित दिलाए । इंग्लिस प्रिमियर लिग सुरु हुनुअघि आर्सनल र चेल्सीले मैत्रीपूर्ण खेल खेलेको हो । प्रिमियर लिग अगष्ट ११ बाट सुरु हुँदैछ । एजेन्सी
Comments