काठमाडौ १६ साउन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा जित निकालेको छ । बुधबार बिहान भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो । अमेरिकाको मियामीमा भएको खेलमा युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरे । यस्तै रियलका करीम बेन्जिमाले एक गोल फर्काए ।
फ्लोरिडामा खेलको १८ औं मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । २७ औं मिनेटमा हरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेलको ४५ औं मिनेटमा रियलका बेन्जिमाले एक गोलगर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असफल रह्यो ।युनाइटेड यसअघि प्रिमियर लिगको अर्को टोली लिभरपुलसँग ४–१ ले पराजित भएको थियो ।
Comments