भक्तपुर, १६ साउन । इङ्गल्याण्डले एक हजार टेष्ट खेल्न लागेको छ। भारतविरूद्ध बिहीबार हुने टेस्ट क्रिकेटसँगै उसले क्रिकेट इतिहासमा १ हजार टेस्ट क्रिकेट खेल्ने रेकर्ड बनाउने भएको छ।
सन् १८७७ मा अष्ट्रेलियासँग टेष्टमा डेब्यू गरेदेखि इङ्गल्याण्डले अहिलेसम्म ९९९ टेस्ट म्याच खेलिसकेको छ। जसमध्ये ३५७ मा जित हात पार्दा ३४५ म्याच बराबरीमा सकिएका छन्। बाँकी २९७ खेलमा पराजित भएको छ। सबैभन्दा बढी टेष्ट पनि इङ्गल्याण्डले अष्ट्रेलियासँगै खेलेको छ। उसले अष्ट्रेलियासँग ३४६ टेष्ट खेलेको छ। यसैबीच आइसिसिले भारत विरुद्ध १ हजारौं टेष्ट खेल्न लागेको इङ्गल्याण्डलाई चाँदीको तक्मा प्रदान गर्ने भएको छ। एजेन्सी
Comments