काठमाडैं १४ साउन । वायन रोनीको गोलमा डिसी युनाइटेडले कोलोराडो र्यापिड्सलाई हराएको छ। अमेरिकाको मेजर लिग सकर क्लब, डिसी युनाइटेडले आइतबार घरेलु मैदान कोलोराडो र्यापिड्सलाई २–१ ले हराएका हो।
डिसीलाई जिताउन इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनीको गोल नै निर्णायक भयो। एक गो उपहारमा पाएको थियो। कोलोराडो र्यापिड्सका लागि केलिन एकोस्टाले गोल फर्काए।
रोनीले टिमका लागि सुरूवाति गोल गरेका थिए। डिसीबाट यो नै उनको पहिलो गोल हो । कोलोराडोका केलिन एकोस्टाले बराबरी गोल फर्काए।
त्यसपछि पनि डिसीका कप्तान रोनीले दुईपटक पोष्ट प्रहार गरे पनि होवार्डले बचाउ गरेका थिए। तर, खेलको ९० औं मिनेटमा कोलोराडोका निकी ज्याक्सनले आत्मघाती गोल गरेपछि डिसी विजयी भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोनीले खेलको अन्त्यतिर नाक भाँचेका छन्। इन्जुरी समयमा डिफेन्स गर्ने क्रममा रोनीको नाकमा चोट लाग्यो। उनको नाकमा पाँचवटा टाँका लगाइएको छ। कोलोराडोका एक्सेल स्जोबर्गसँगको ट्याकलको क्रममा टाउकोले ठोक्किएर रोनीको नाक भाँच्चिएको हो। एजेन्सी
Comments