काठमाडैं १४ साउन । वर्ष २०१७ को फिफा खेलाडी अवार्डका लागि विश्व उपविजेता क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच सबैभन्दा लोकप्रिय देखिएका छन्।
आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि उनले मेसी, रोनाल्डोलाई पछि पारेका हुन्। क्रिस्टियानो रोनाल्डोले गत वर्ष यो अवार्ड जितेका थिए। उनले लगातार दुई वर्ष मेसी र नेइमारलाई उछिन्दै यो अवार्ड जितेका थिए। तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखिएका छन्।
हालै गरिएको मत सर्वेक्षण अनुसार मोड्रिचलाई धेरैले मन पराएको छन्। स्पेनबाट प्रकाशित पत्रिका ‘एस’ ले गरेको सर्वेक्षण अनुसार ३० हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा मोड्रिचलाई ४६ प्रतिशत मत परेको थियो।
सर्वेक्षणमा मोड्रिचलाई १४ हजार २ सय २७ मत ९४६ दशमलव ७८ प्रतिशत०, रोनाल्डोलाई १७ दशमलव ५९ प्रतिशत, मेसीलाई १४ दशमलव ४१ प्रतिशत, ग्रिजमनलाई १२ दशमलव ८ प्रतिशत, भारानलाई ३ दशमलव ६५ प्रतिशत, एम्बाप्पेलाई २ दशमलव ८३ प्रतिशत मत परेको थियो।
फिफाले केही दिन अगाडि उत्कृष्ट खेलाडीको मनोनयनमा मोड्रिचसहित रोनाल्डो, मेसी, नेइमारसहित केभिन डि ब्रुयन, आन्टन ग्रिजमन, इडेन हजार्ड, हेरी केन, कालियन एमबापे, मोहम्मद सलाह र राफायल भारानको नाम सार्वजनिक गरेको थियो। एजेन्सी
Comments