काठमाडौं १३ साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४९१ गोल अन्तरले पराजित गरेको हो।
अमेरिकाको मिसिगनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, ड्यानियल स्टुरेज, शेई ओजो र जाड्रन शाकिरीले एक एक गोल गरे । म्यानचेस्टर युनाइटेडका आन्द्रेस पेरीयराले एक गोल फर्काए ।
सिसिगन स्टेडियममा भएको खेलको २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा युनाइटेडका पेरीयराले गोल गरेपछि खेल पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा लिभरपुलका लागि तीनै गोल सब्सिच्युड खेलाडीले गरे । खलेको ६६ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई २ – १ को अग्रता दिलाए । त्यसपछि ७४ औं मिनेटमा ओजो र ८२ औं मिनेटमा शाकिरीले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न युनाइटेड र लिभरपुल अमेरिकामा रहेका छन् । एजेन्सी
Comments