काठमाडौं १२ साउन । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड छोडेपछि अहिले उनको ठाउँमा नयाँ खेलाडी खोजिन थालिएको छ । रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि मड्रिडमा उनको ठाउँमा नयाँ खेलाडी खोजिन थालिएको हो ।
कसले प्रवेश गर्लान रोनाल्डोको ठाउँमा रु यो विषय निकै चाँसोकासाथ हेरिएको छ । यसैबीच, स्पेनिस पत्रिका मार्काले ९ खेलाडीको विकल्प दिएर रोनाल्डोको ठाउँ लिने खेलाडीको रुपमा रोज्न भनी गरेको सर्वेक्षण गरेको छ । जसमा रियल मड्रिडका फ्यानले इंग्ल्याण्डका ह्यारी केनलाई रोजेका छन् ।
दुई लाख फ्यानले सहभागिता जनाएको सर्वेक्षणमा केनले २६ प्रतिशत मत पाएका छन् । रुसमा भएको विश्वकप फुटबलमा ६ गोल गरेर गोल्डेन बुट पाएका केनलाई रियलका फ्यानले रोजेका हुन् ।
यस्तै, पिएसजीका उरुग्वेका एडिसन काभानी र माउसिओ आइकार्डीले १४ प्रतिशत मत पाएका छन् । लियोनका स्ट्राइकर मारिएनो डिएजले १२, बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले पनि १२ प्रतिशत मत पाए ।
यस्तै मारिएनो जस्तै रियल मड्रिड एकेडेमीमा हुर्किएका भ्यालेसिन्याका रोड्रिगो मोरेनोले ६ प्रतिशत मत पाए । रोनाल्डो युभेन्टस गएपछि अब रियल मड्रिले सिजनको ४० देखि ५० गोल अरु कुनै खेलाडीबाट जुटाउनु पर्नेछ । एजेन्सी
Comments