राजविराजैं १२ साउन । आगामी भदौ १३ देखि मलेसियामा हुने एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल एसीसीले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान परेको हो । नेपाल र ओमानबीचको खेल भदौ १३ मा मलेसियाको बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल युएईविरूद्ध भदौ १४ गते किनरारा ओभलमा खेल्नेछ। नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग भदौ १६ मा वायुमासमा खेल्ने छ । त्यस्तै भदौ १७ सिंगापुरसँग युकेएम ओभलमा खेल्ने तय भएको छ। नेपालले भदौ १९ गते हङकङसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
भदौ २१ सम्म चल्ने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ। शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्। छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ।मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
Comments