काठमाडौं ११ साउन । एथ्लेटिको मड्रिडका गोलकिपर एन्टोनियो एडनले तीन वटा पेनाल्टी रोक्दै विजयी गोल गरेका छन्। सिंगापुरमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसँग भएको खेलमा ३१ वर्षीय एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताएका हुन्।
एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका उनी आर्सनलविरूद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन्। निर्धारित समयमा १(१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
पेनाल्टीमा एडनले आर्सनलका हेनरिक एमखितर्यान, जोसेप विलओक र एवार्ड एनकेतिहको प्रहार जोगाएर आफैले गोल गर्दै टिमलाई महत्वपूण जित दिलाए। खेलमा सुरूवाती अग्रता पनि एथ्लेटिको मड्रिडले नै लिएको थियो। लुसिएनो विएट्टोको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो।
तर, आर्सनलका किशोर खेलाडी एमली स्मिथ रोवेले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो। एन्टोनी ग्रिजम्यान, डिएगो गोडिन र डिएगो कोस्टा बिनै मैदानमा रहेको एथ्लेटिकोका लागि एन्टोनियो एडनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलाई पेनाल्टीमा ३(१ ले हराएको हो। एजेन्सी
Comments