काठमाडौं १० साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि इंग्ल्यान्डमा रहेको नेपाली क्रिकेट टोलीले आज बिहिबार चौथो तथा अन्तिम अभ्यास खेल खेल्दैछ ।
नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा आज इष्ट लन्डन शार्कसंग टी–ट्वान्टी खेल खेल्नेछ । यसअघि नेपालले खेलेका तीन अभ्यास खेलमध्ये २ खेल जितेको छ ।नेपालले तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई २२३ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । तर, तेस्रो तथा पहिलो टी–ट्वान्टी खेलमा भने नेपाल सेन्ट क्रससंग १९ रनले पराजित भएको थियो ।
अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब एमसिसी बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
Comments