काठमाडौं ९ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि इंग्ल्यान्डमा रहेको नेपाली क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल खेल्दैछ ।
नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब इष्ट लन्डन ११ विरुद्ध तेस्रो अभ्यास खेल खेल्न लागेको हो । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने नेपाल र इष्ट लन्डन ११ बीचको खेल ५० ओभरको खेल हुनेछ । यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । तर, टी – ट्वान्टी अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससंग १९ रनले पराजित भएको थियो ।
इष्ट लन्डनपछि अब नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग बिहिबार एक टी–ट्वान्टी खेल खेल्नेछ । अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी९ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब एमसिसी बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
Comments