कामाडौं ८ साउन । मायरिजियो सार्रीले प्रशिक्षण सम्हालेपछि इंग्लिस क्लब चेल्सीले पहिलो जित हात पारेको छ। प्रिसिजन टुर अन्तर्गत अष्ट्रेलिया पुगेको चेल्सीले सोमबार पर्थ ग्लोरीक्लबलाई १(० ले हराउँदै विजयी सुरूवात गरेको हो।
चेल्सीलाई जिताउन खेलको पाँचौ मिनेटमै पेड्रो रोड्रिगेजले गरेको गोल नै निर्णायक बनेको थियो। यो खेलमा सारीले तीन किशोर खेलाडीलाई मैदान उतारेका थिए। क्यालम हड्सन–ओडोइ, मार्किन बुल्का र इथन एम्पाडुले चेल्सीबाट खेलेका थिए।
अस्ट्रेलियाको ए–लिग टिमसँगको खेलमा नापोलीबाट ५० मिलियन पाउण्डमा आएका मिडफिल्डर जोर्गिन्होले पनि खेलेका थिए । उजेन्सी
Comments