काठमाडौं ८ साउन । ओलम्पिकमा ६ पटक स्वर्ण पटक विजेता अमेरिकी पौडी खेलाडी रायन लोच्टे १४ महिनाका लागि प्रतिबन्धमा परेका छन् । प्रतिबन्धित औषधि ९डोपिङ० प्रयोग गरेको प्रमाणित भएपछि उनी १४ महिनाका लागि प्रतिबन्धमा परेका हुन् ।
उनले अमेरिकी एन्डी डोपिङ एजेन्सी वाडाले प्रतिबन्धको सूचिमा राखेको औषधि डाक्टरको सल्लाह विपरीत उनले आफू खुशी प्रयोग गरेको बताइएको छ ।
उनले आफ्नो कमजोरीका लागि औषधि सेवन गरेको साथै आफुले सेवन गरेको औषधि वाडाले प्रतिबन्ध लगाएको थाहा नभएको बताएका छन् ।
ओलम्पिकमा १२ पटक पदक जितेका ३३ वर्षीय लोच्टे यसअघि पनि रियो ओलम्पिकपछि १० महिनाको प्रतिबन्धमा परेका थिए । उनको प्रतिबन्ध २०१९ को जुलाईसम्म रहनेछ ।
उनले एथेन्स ओलम्पिकमा २ एक स्वर्ण र एक रजत, बेइजिङ ओलम्पिकमा दुई स्वर्ण र दुई कास्य पदक जितेका थिए । त्यस्तै, लण्डन ओलम्पिकमा दुई स्वर्ण, एक रजत र एक कास्य तथा रियो ओलम्पिकमा एक स्वर्ण पदक जितेका थिए । एजेन्सी
Comments