काठमाडौं ७ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि इंग्ल्यान्डमा रहेको नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज इंइंग्ल्यान्डको स्थानीय क्लब सेन्ट क्रससंग दोस्रो अभ्यास खेल खेल्दै हो ।नेपालले सेन्ट क्रससंग टी–ट्वान्टी खेल खेल्नेछ ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसंग जुलाई २६ मा टी–ट्वान्टी खेल खेल्नेछ ।
चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।
Comments