काठमाडैं ६ साउन । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सन् २०१८ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित भएका छन् । रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो बर्षको सर्बोकृष्ट पुरुष खेलाडी घोषित गरेको हो ।
इएसपीएनले रोनाल्डोलाई सन् २०१८ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित गर्दै इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अवार्ड प्रदान गरेको हो ।
यस्तै महिलातर्फको यो अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन् । रोनाल्डो अवार्ड कार्यक्रम भने उपस्थित हुन् सकेनन् । चीनको यात्रामा रहेको कारण रोनाल्डो लस एन्जल्सस्थित माइक्रोसफ्ट थिएटरमा सम्पन कार्यक्रममा उपस्थिति जनाउन सकेनन् । एजेन्सी
Comments