काठमाडौं ५ साउन । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्नेछ। इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली क्रिकेट टोलीले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्ने भएको हो।
स्थानीय समयअनुसार अपरान्ह साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुने खेल ५० ओभरको हुनेछ। त्यसपछि अर्को खेल नेपालले जुलाई २३ मा सेन्ट क्रससँग टी(ट्वान्टी फर्म्याटमा खेल्नेछ। जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी(ट्वान्टी खेल खेल्ने कार्यक्रम तय भएको छ।
चार अभ्यास खेलपछि नेपालले लर्ड्समा जुलाई २९ मा नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ९एमसिसी० बीच हुने त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेल्ने छ। यो खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ। सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबर्धनेले गर्नेछन्। यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने भएका छन्।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली पहिलो एकदिवसीय क्रिकेट खेल खेल्न नेदरल्याण्ड जानेछन्। नेपालले एमस्ट्राडममा अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ। युरोप भ्रमणको लागि १५ खेलाडीसहित १९ सदसीय नेपाली टोली बिहिबार लण्डन पुगिसकेका छन्।
Comments