काठमाडौं ५ साउन । स्पानिस जायन्ट रियल मड्रिडले ब्राजिलका १८ वर्षीय भिनिसिउस जुनियरलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ। एक वर्षअघि भिनिसिउसलाई बर्नाबेय भित्र्याउने पक्का गरिसकेको रियलले शनिवार उनलाई समर्थककमा माझ प्रिसेन्टेसन समे गरेको थियो। त्यसअघि भिनिसिउस र क्लबका अध्यक्ष फ्लोरेन्टिना पेरेजले सम्झौता पत्रमा हस्ताक्षर गरे।
भिनिसिउसले यती सानो उमेरमै रियल जस्तो क्लबमा अनुबन्धित हुँन पाउँदा आफू सम्मिनत भएको बताए। ब्राजिलियन लेजेण्ड तथा रियलका पूर्व खेलाडी रोनाल्डवकै अगाडी उनले प्रिजेन्टेसन दिने अवसर पाएका थिए। रियलले भिनिसिसलाई ब्राजिलियन क्लब फ्लेमेङ्गोबाट ३७।८ मियन पाउण्डमा खरिद गरेको हो।
विंगर र फरवार्ड दुवै भूमिकामा खेल्न सक्ने भिनिसिउसका लागि रियलले एक वर्षअघि नै उक्त रकममा सहमति गरिसकेको थियो र त्यो यू(१९ खेलाडीका लागि सबैभन्दा महँगो थियो। उनले फ्लेमेङ्गोका लागि दुई सिजनमा ७० खेल खेल्दै कूल १४ गोल गरेका थिए। उनले १३ मे २०१७ मा एट्लेटिको मिनेइरा विरुद्ध लिगमा व्यावसायिक डेब्यु गरेका थिए।
५ वर्षको उमेरदेखि नै फ्लेमेङ्गोमा जान थालेका भिनिसिउसलाई उक्त क्लबले ९ वर्षको हुँदा युथ कन्ट्रयाक्ट गरेको थियो। उनले २०१७ सम्म फ्लेमेङगोको युथ करियर बिताएपछि सोही क्लबबाट व्यावसायिक फुटबल करियर सुरु गरेका थिए।
सन् २०१७ मा ब्राजिललाई यू(१६ साथ अमेरिकन च्याम्पियन बनाउँदा बेस्ट प्लेअर र हाइएस्ट स्कोरर दुवैको अवार्ड जितेपछि उनीमाथि युरोपियन क्बलहरुले आँखा लगाएका थिए। नयाँ स्टारहरुलाई क्लब भित्र्याउन माहिर रियलले त्यसैको फाइदा उठाउँदै एक वर्षअघि नै क्लबमा ल्याउने पक्का गरेको थियो।
क्लबका कीर्तिमानी गोल स्कोरर क्रिस्टियानो रोनाल्डो यसै ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्ट्स लागेपछि रियल उनको स्थानमा प्रतिस्थापन गर्न सक्ने खेलाडीको खोजीमा पनि छ। त्यसका लागि उसले एडेन हाजार्ड देखि नेमार, ह्यारी केनमाथि आँखा लगाइरहेको छ। एजेन्सी
Comments