काठमाडौं ४ साउन । जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ। बुधबार तेस्रो एकदिवसीयमा जिम्बावेलाई ९ विकेटले हराउँदै पाकिस्तानले दुई खेल अगावै सिरिज जितेको हो।
घरेलु टोलीले दिएको ६८ रनको झिनो लक्ष्य पाकिस्तानले ९ ओभर ५ बलमा एक विकेट गुमाएर पुरा गर्यो। यो जितसँगै पाकिस्तानले पाँच खेलको सिरिजमा ३(०को अग्रता बनाउँदै सिरिज जितेको हो।
पाकिस्तानको जितमा फखर जमानले अविजित ४३ रन जोड्दा बाबर आजमले १९ रन बनाए। इमाम उल हक शून्य रनमा आउट भएका थिए। जिम्बावेका ब्लेसिङ मुजाराबानीले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो। उसका लागि चामु चिभाभाले १६ रन जोड्दा कप्तान ह्यामिल्टन मुसाकाज्दा र विलिङटन मुसाकाज्दाले समान १०र१० रन जोडेका थिए। यी बाहेक बाँकी ७ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।
जिम्बावेको पारी ध्वस्त बनाउन पाकिस्तानका फाहिम आश्रफले ५ विकेट लिए। यस्तै जुनेद खानले २ विकेट लिएका थिए। जिम्बावे भ्रमणमा रहेको पाकिस्तानले भोलि चौथो र आइतबार पाँचौ तथा अन्तिम वान डे खेल्नेछ। यसअघि अष्ट्रेलिया सम्मलित त्रिकोणात्मक टी(ट्वान्टी सिरिज जितेको थियो। एजेन्सी
Comments