काठमाडौं ४ साउन । प्रिमियर क्लब लिभरपुलले रोमाका गोलकिपर एलिसन बेकरलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। ६ वर्षका लागि एनफिल्ड क्लब लिभरपुलले अनुबन्धन गरेपछि ब्राजिलियन गोलकिपर एलिसन विश्वकै महँगा गोलकिपर बनेका छन्।
लिभरपुलले कती रकममा अनुबन्ध गरेको नखुलाएपनि रोमाले ६६.६ मिलियन पाउण्डमा सम्झौता भएको जनाएको बीबीसीले उल्लेख गरेको छ। मेरो जीवन र करियरका लागि यस क्लबको हिस्सा हुन पाउनु मेरो लागि एकदमै ठूलो अवसर हो। लिभरपुलसँग अनुबन्ध भएपछि २५ वर्षीय बेकरले भने।
इटालिनय क्लब रोमामा पछिल्लो दुई सिजन बिताएका उनले २०१७(१८ सिजनमा ३७ खेले खेलेका थिए। ब्राजिलको नम्बर १ गोलिकपर रहेका उनले रसियामा भएको विश्वकपमा ब्राजिलले खेलेकन सबै खेल खेलेका थिए। यस्तै लिभरपुलका व्यवस्थापक युर्गेन क्लोपले एक राम्रो व्यक्तित्वलाई क्लब भित्र्याएको प्रतिक्रिया दिएका छन्।
एलिसन अघि इटलीका जियानलुजी बफोन विश्वकै महँगा गोलकिपर थिए। सन् २००१ मा उनलाई युभेन्टसले पार्माबाट ५३ मिलियन युरोमा अनुबन्ध गरेको थियो। यस्तै म्यानचेष्ट सिटीले गत सिजन बेनफिकाबाट एडरसनलाई ३५ मिलियन युरोमा खरिद गरेको थियो। जुन प्रिमियर लिगमा गोलकिपरका लागि कीर्तिमानी रकम थियो। बफोनलाई पनि सुरुमा ३३ मिलियन युरो बराबरमा अनुबन्ध गरिएपनि बफोनलाई अनुबन्ध गर्दा युभेन्ट्ले अर्को खेलाडी पार्मा पठाएका कारण बफोनको सम्झौता रकम ५३ मिलियन बराबर भएको हो।
Comments