काठमाडौं ३ असार । रसिया विश्वकमा खराब प्रदर्शन कारण पराजय भोगेको अर्जेन्टिनाका मुख्य आशा गरिएका खेलाडी थिए स्टार स्ट्राइकर लियोनल मेसी । कप्तान मेसीको पनि जादू नचल्दा दुई पटकको विश्वकप विजेता अर्जेन्टिना अन्तिम ८ मा नपुग्दै घर फिर्ता भयो ।
खराब विश्वकप अनुभवबाट बाहिर आउन मेस्सी अहिले बिदामा छन् । उनी त्यसका लागि श्रीमती र साथीहरुसहित स्पनेको बालेएसिक आइल्याण्ड फोर्मेन्तेरा पुगेका छन् । याचेटमा मेस्सीसहित उनकी श्रीमती र साथीहरुले रमाइलो समय बिताएको देखिएको छ । मेस्सीले समुद्रमा डाइभ हानेको पनि देखिएको छ । उनी आउँदो महिना सुरु हुने ला लिगामा अब एक मात्र ठूला स्टार हुने छन् । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि ला लिगामा उनी बाँकी रहेका भव्य स्टार हुन् । एजेन्सी
Comments