काठमाडौं ३ असार । विश्व कप विजेता फ्रान्सका रक्षक राफेल भारानले विश्व कप जितेयताको भावना शब्दमा व्यक्त गर्न नसक्ने बताएका छन् । २५ वर्षे रियल म्याड्रिडका भारान विशेष खेलाडीका रुपमा सुचिकृत भएका छन् । जसले एकै वर्ष विश्व कप र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छन् ।
‘सबै अविश्वसनीय लाग्दैछ । २५ वर्षको उमेरमा विश्व कप जित्ने मेरो खेल जीवनका लागि विशेष हो, उनले भने, यो सबै सफलताबाट प्राप्त भावनालाई शब्दमा बयान गर्न मलाई कठिन छ । फाइनलपछि बार्सिलोनाका ओसमाने डेम्बेलेले जिस्काउँदै आफुलाई भनेको स्मरण गर्दै उनले भने, उनले मलाई तिम्रो खेल जीवन पुरा भयो भन्दै ठट्टा गरे । मलाई विश्वास छ म यो प्रदर्शनलाई भविष्यमा पनि जारी राख्न चाहन्छु ।
टोलीका सहकर्मी पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एमबाप्पेका विषयमा भारानले भने, उनी निकै प्रतिभाव भएका खेलाडी हुन् । उनको खेल परिपक्क छ । उनी हाम्रो टोलीमा आउँदा खुसी लाग्छ । तर त्यो विषयमा हामी केहि भन्न सक्दैनौं । राष्ट्रिय टोलीमासँगै छौं । सफल खेल जीवनका लागि आवश्यक सबै चिज उनीसँग छ । एजेन्सी
Comments