काठमाडौं ३ असार । क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको जर्सीमा सिरि’ए’को सुरुवाती सातामा मात्र उत्रने सम्भावना देखिएको छ । युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा पोर्चुगिज स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि’ए’बाट मात्र खेल्ने सम्भावना छ । अमेरिकामा रोनाल्डोको पूर्व क्लब रियल म्याड्रिडसँग पनि खेल तय तय छ ।
युभेन्ट्स टोली केहि दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका प्रस्थान गर्दैछ । जहाँ टोलीले जुलाई २६ मा बायर्न म्युनिख, जुलाई २८ मा बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ । युभेन्ट् र रोनाल्डोको पूर्व टोली रियलबीचको खेल अगस्ट ४ मा हुनेछ ।
रोनाल्डो विश्व कपपछि अझै विदामा रहेका छन् । प्रि सिजन भ्रमणमा नजाने भएपछि युभेन्ट्सबाट रोनाल्डोको डेब्यू अगस्ट १८र१९ मा हुने सक्नेछ । इटालियन सिरि’ए’को खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ । रसिया विश्व कपमा रोनाल्डोले ४ गोल गरेका थिए । तर उनको टोली प्रिक्वार्टरफाइनलमा उरुग्वेसँग पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो ।
युभेन्ट्सको खेलाडीका रुपमा रोनाल्डो सोमबार सार्वजनिक भएका थिए । १ सय मिलियन पाउन्डमा रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोले ४ वर्षको सम्झौता गरेका छन् । एजेन्सी
Comments