काठमाडौं २ साउन । रसियामा सम्पन्न विश्वकपमा समूह चरण पार गर्न नसकेपछि आइसल्याण्डका प्रशिक्षक हेइमिर हलग्रिम्सनले प्रशिक्षक पदबाट राजिनामा दिएका छन् । फुटबल एसोसिएसन आइसल्याण्डले मंगलबार सामाजिक संजाल ट्वीटरबाट प्रशिक्षक हलग्रिम्सनले पद छाडेको बताएको हो ।
प्रशिक्षक हलग्रिम्सनले आइसल्याण्डको पुरुष टोलीको मुख्य प्रशिक्षक नरहने आइसल्याण्ड फुटबल एसोसिएसन पुष्टि गर्दछ, ट्वीटमा लेखिएको छ, हलग्रिम्सनले आफ्नै अनुरोधमा ७ बर्षपछि पद छाडेका छन् । ५१ बर्षीय प्रशिक्षक हलग्रिम्सनले सन् २०११ बाट आइसल्याण्ड टोली सम्हालेका थिए ।
आइसल्याण्डले रसिया विश्वकपमा अर्जेन्टिनासँग बराबरी खेल्दै तहल्का मच्चाएको थियो । प्रशिक्षक हलग्रिम्सनकै नेतृत्वमा आइसल्याण्डले फ्रान्स युरोकपमा सनसनी मच्चाएको थियो । एजेन्सी
Comments