काठमाडौ. १ साउन । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि औपचारिक रूपमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन् । १० करोड ५० लाख युरो तिरेर रोनाल्डोलाई किनेको युभेन्ट्सले पहिलो दिन नै रोनाल्डो अंकित ५ लाख २० हजार वटा जर्सी बेचेको छ ।
सन् २०१६ मा युभेन्ट्सका सबै खेलाडीका जर्सी जम्मा ८ लाख ५० हजारमात्र बिकेका थिए । इटालीका सञ्चारमाध्यमका अनुसार युभेन्ट्सका एउटा आधिकारिक जर्सी १०४ युरोमा बिक्री हुन्छ भने तिनका प्रतिलिपीको ४५ युरो पर्छ । एजेन्सी
Comments