काठमाडौं ३२ असार । अर्जेन्टाइन फुटबल एसोसियसनले आफ्नो प्रशिक्षक जर्ज साम्पाओलीलाई बर्खास्त गरेको छ । एसोसियनले एक विज्ञप्ति जारी गर्दै जर्ज साम्पाओलीलाई प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको हो ।
विश्वकपमा खराब खेल प्रदर्शन गरेपछि सर्वत्र आलोचित बनेका अर्जेन्टिनाका प्रशिक्षक साम्पाओलीलाई एसोसियसनले बर्खास्त गरेको हो । रसियामा भएको २१ औं विश्वकप फुटबलमा अर्जेन्टिनाले नराम्रो हार बेहोरेपछि ५८ वर्षीय साम्पोलीको व्यापक आलोचनासमेत भएको थियो ।
अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक साम्पोली दोषी रहेको ठहर टिमका खेलाडीले आरोप लगाएका थिए । जसका कारण समुह चरणको खेलमा नै उनलाई खेलाडी छान्ने जिम्मेवारीबाट नै हटाइएको थियो ।
चिली तथा सेभिल्लामा सफलता हात पारेपछि उनलाई अर्जेन्टिनाको जिम्मेवारी दिइएको थियो । पुनः अर्जेन्टिनाको प्रशिक्षकको जिम्मा कसले सम्हाल्ने हो बहस सुरु भएको छ ।
Comments