काठमाडौं ३२ असार । दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डरसनलाई हराउँदै सर्बियन स्टार नोभाक जोकोभिचले पुरुषतर्फको विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा जोकोभिचले एण्डरसनलाई २–१ को सेटले उपाधि हात पारेका हुन् ।
सेन्टर कोर्टमा १२ औं बरियताका जोकोभिचले आठौं बरियताका एण्डरसनलाई ६–२, ६–२ र ७–६ ९७–३० ले हराए । योसंगै जोकोभिचले चौथों पटक विम्बल्डन टेनिसको उपाधि जितेको छ । उनले यसअघि सन् २०११, २०१४ र २०१५ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । ३१ बर्षीय जोकोभिचको यो १३ औं ग्राण्डस्लाम उपाधि हो । एजेन्सी
Comments