काठमाडौं ३१ असार । लियोनल मेस्सीले विश्वकपमा दुई खेलाडीलाई नखेलाउन प्रशिक्षक सामपाओलीले आग्रह गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले फेडरिको फाजियो र जियोभानी लो सेल्सोलाई मैदानमा नउर्तान आग्रह गरेको बताइएको छ ।
अन्तिम १६ मा फ्रान्ससँग पराजित भएपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो । अर्जेन्टिनाबाट प्रकाशित क्लारिन पत्रिकाका अनुसार खेल मैदानमा मेस्सी उनीहरुको खेलदेखि खुशी थिएनन् । फाजियोले विश्वकपमा एकमात्र खेल खेलेका थिए भने सेल्सोले एक खेल पनि खेल्न पाएनन् । विश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाका डिफेण्र जाभियर मास्चररानो र लुकास बिलिगाले सन्यास लिएका थिए । एजेन्सी
Comments