काठमाडौं ३१ असार । ।काठमाडौं, ३० असार विश्वकप २०१८ अन्तर्गत तेश्रो स्थानको लागि भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएपछि बेल्जियमले तेश्रो स्थान प्राप्त गरेको छ ।
खेलको चौथो मिनेटमा नासेर चाड्लीले प्रहार गरेको शटमा थोमस मेउनरले गोल गर्दै बेल्जियमलाई खेलमा १ गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको बाँकि अवधिमा बेल्जियमकै दवदबा हुँदाहुँदै इंग्ल्याण्डले पनि केहि अवसर बनाएपनि गोल भने हुन सकेन ।
दोश्रो हाफमा पनि खेल प्रतिस्पर्धात्मक भएपनि खेलको ८२ औं मिनेटमा केभिन डे ब्रुनीको सहयोगमा एडेन हाजार्डले गोल गर्दै खेलमा अग्रतालाई दोब्बर बनाएपछि बेल्जियमको जित सुनिश्चित भएको थियो । दोश्रो हाफको बाँकि समयमा थप गोल नभएपछि अन्ततः बेल्जियम २–० गोल अन्तरले यस खेलमा विजयी भएको छ ।
यो जितसँगै यस प्रतियोगितमा बेल्जियमले एक मात्र खेल हारेर बाँकि खेल जितेपछि तेश्रो स्थान प्राप्त गर्दे गर्वसाथ स्वदेश फर्किन पाएको छ । त्यस्तै इंग्ल्याण्डले पनि यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकोले दंग पर्दै घर फर्किन पाएको छ ।
Comments