काठमाडौं ३१ असार । काठमाडौंः फिफाले इंग्ल्याण्डमाथि कारबाही गर्ने भएको छ ।विश्वकपमा फिफा नियमविरुद्ध गएको भन्दै इंग्ल्याण्डलार्इ कारबाही गरिएको हो।
फिफाले व्यापारिक सामग्रीहरुको अनाधिकृतरुपमा प्रायोजित गरेको भन्दै इंग्ल्याण्डमाथि ७७ लाख २५ हजार रुपैयाँ ५३ हजार पाउन्ड जरिवाना तिराउने भएको छ ।
क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि फिफाले इंग्ल्याण्डलाई कारबाही गर्ने भएको हो । खेलमा व्यापारिक सामाग्रीहरुको प्रायोजन गर्न नपाइने फिफाले जनाएको छ । एजेन्सी
Comments