काठमाडौं २९ असार । विम्बल्डन टेनिसको उपाधिका लागि पुर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्स र जर्मनीकी ११ औं बरियताकी एन्जेलिक केरबेरबीच प्रतिस्पर्धा हुने भएको छ ।
गएराति भएको सेमिफाइनलमा विलियम्सले जर्मनीकी जुलिया गोर्गेसलाई हराउँदै सेरेना उपाधि नजिक पुगेकी हुन् । सेन्टर कोर्टमा २५ औं बरियताकी सेरेनाले १३ औं बरियता प्राप्त गोर्गेसलाई ६–२ र ६–४ ले हराइन् ।
अर्को सेमिफाइनलमा केरबेरले डेनमार्ककी जेलेना ओस्टापेन्कोलाई हराएर फाइनलमा पुगेकी हुन् ।
११ औं बरियताकी केरबेरले १२ औं बरियताकी ओस्टापेन्कोमाथि ६–३ र ६–३ ले हराइन् । महिला सिंगल्सको फाइनल खेल शनिबार हुनेछ । एजेन्सी
Comments