काठमाडौं २९ असार । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । चेल्सीले कोन्टेको अनुबन्ध अझै १ वर्ष बाँकी रहँदै प्रशिक्षक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । उनको सम्झौता सकाउन ९ मिलियन पाउन्ड कर दिने सहमति सहित बर्खास्ती गरेको हो । कोन्टेको स्थानमा इटालियन क्लब नपोलीका पूर्व प्रशिक्षक मौरीजियो सारीले नियुक्त गर्ने निर्णय गरेको छ ।
दुई सिजन प्रिमियर लिगका बिताएका कोन्टेको नेतृत्वमा क्लबले पहिलो सिजनमै प्रिमियर लिगको उपाधि जितेपनि दोस्रो सिजन भने पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । एफए कपको उपाधि भने जिताउन सफल भएको थियो । आउने प्रिमियर लिग सिजन अगष्ट १० मा सुरु हुने छ । चेल्सीले पहिलो खेलमा हडर्सफिल्डको सामना गर्ने छ । एजेन्सी
Comments