काठमाडौं २८ असार । रसियाः क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ ले हराउँदै क्रोएसियाले विश्वकपको पहिलो विश्वकपको फाइनलमा पुगेको हो ।
इङल्यान्डलाई ट्रिपियरले खेलको ५ औं मिनेटमै अग्रता दिलाएका थिए । तर निकै आक्रामक देखिएको क्रोएसियाबाट खेलको ६८ औं मिनेटमा इभान पेरिसिकले बराबरी गोल फर्काए । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
१०९ औं मिनेटमा क्रोएसियाका मारियो मान्जुकिजले गोल गरेका थिए । उनको यो गोल नै निर्णायक भयो ।
उपाधिका लागि आइतबार क्रोएसिया र फ्रान्स भिड्ने भएका । त्यसअघि शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल्नेछन् ।
Comments