काठमाडौं २७ असार । पोचुर्गलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्टससंग सम्झौता गरेका छन् । १ सय मिलियन युरोको सम्झौतामा युभेन्टस आएका रोनाल्डोले वार्षिक ३० मिलियन युरो कमाउने छन् । ३३ वर्षे रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टस गएका हुन् ।
रियल म्याड्रिडबाट २ सय ९२ खेल खेल्दै ३ सय ११ गोल गरेका छन् । उनी रियलका सर्वाधिक गोलकर्ता पनि हुन् । यस अवधिमा उनले २ लालिगा र ४ पटक च्याम्पियन्स उपाधि पनि जिते । रियल म्याड्रिडसंग मे महिनामा च्याम्पियन्स लिग फाइनल जितेपछि रियलमा रहने अनिश्चितता प्रकट गरेका थिए । एजेन्सी
Comments