काठमाडौं २७ असार । । बेल्जियमलाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सेन्ट पिटर्सबर्ग रंगशालामा गएराति सम्पन्न पहिलो सेमिफाईनल खेलमा बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।
५१ औं मिनेटमा फ्रान्सका सामुएल उम्टीटीले गरेको गोल नै निर्णायक गोल बन्यो । उम्टीटीले एन्टोनियो ग्रिजम्यानको कर्नरमा हेड गोल गरेका थिए। फ्रान्सले अब उपाधिका लागि इङ्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
Comments