२५ असार । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । गएराति भएको सन्दीपआवद्ध मोन्ट्रेल टाइगर्स र टोरन्टो नेशनलबीच भएको खेलमा उनको टिम १ विकेटले पराजित भए पनि सन्दीपले प्रदर्शनमा भने उत्कृष्ट रहेको रह्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । उसका लागि गेवर्जे हेरिक वर्करले ६२, कनस्टाटिनो हेनरिक्वीसले ५० र धयनी स्मिथले १८ रन बनाए । अन्य ब्याट्सम्यानको सम्झनलायक प्रदर्शन रहन सकेन । १७७ रनको विजयी लक्ष्य पाएको नेसनल्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
नेपालका सन्दीपले चार ओभर बलिङ गरेर ३४ रन दिदैं २ विकेट झार्न सफल भए । सन्दीपले क्यानडाका ब्याट्सम्यानद्वय नितिश कुमार र नभीन्नमिनेट धलीवालको विकेट लिएका हुन् । पाँच खेलमध्ये एक खेल मात्र जितेको टाइगर्सको आगामी यात्रा करिव सकिएको छ । प्रतियोगितामै दुई मेडन ओभर गर्ने सन्दीप पहिलो खेलाडीसमेत हुन् । उनले खेलेको चार खेलमा पाँच विकेट लिन सफल भएका छन् । एजेन्सी
Comments