काठमाडौँ, २४ असार । स्पेनिस क्लब बार्सिलोना अहिले चेल्सीका दुई स्टारहरुलाई पछ्याइरहेका छन् । ती नाम हुन् ब्राजिलका फरवार्ड विलियन र फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे ।
गत सिजन उस्माने डेमेबेलेको प्रदर्शन सामान्य रहेपछि लियोनल मेस्सी र लुइस स्वारेज क्लबमा नयां फरवार्ड आएको देख्न चाहेको बताएइको छ । त्यसमा विलियनको नाम अगाडी आएको छ र सो निर्णयमा मेस्सीले पनि सहमति जनाएका छन् । तर विलियनलाई अहिले म्यानचेस्टर युनाइटेडले पनि भित्राउन खोजिरहेको छ ।
त्यस्तै कान्टेमाथि पनि बार्सिलोनाको नजर रहेको छ । कान्टेलाई बार्सिलोनाको प्रतिद्वन्दी रियल म्याड्रिडले पनि भित्राउन खोजिरहेको छ । तर, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९ पिएसजीले १ सय मिलियन युरोको बिड कान्टेका लागि तयार गरेको बताइएको छ । त्यस्तो अवस्थामा कान्टे पिएसजीतिरै जाने बुझिएको छ ।
रोनाल्डो बेच्दै रियल म्याड्रिडले आफ्नो अग्रपंक्ति बलियो अवश्य बनाउने हुंदा बार्सिलोना पनि आफ्नो टोलीलाई तयार पार्ने दाउमा रहेको छ । एजेन्सी
Comments