काठमाडौँ, २४ असार । फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रसियन मिडफिल्डर एलेक्जान्डर सामडोभले रसियन राष्ट्रिय टिमबाट सन्नयासको घोषणा गरेका छन्। ‘मैले निर्णय लिइसकेँ मेरो लागि अब छाड्ने समय आयो। यो नै राष्ट्रिय टिमका लागि मेरो अन्तिम खेल हो।’ ३३ वर्षीय फुटबलर सामडोभले भने ‘क्रोएसियासँग हारेपछि आफूलाई मिश्रित अनुभव भएको उनले बताए।’
‘म केही निराश भएँ, तर हामीले समर्थकलाई गर्व गर्न लायक काम गर्यौँ किनकी हामीले राम्रो फुटबल खेल्यौँ। यसरी अन्त्य हुनु दुःखद् हो’ उनले भने ‘यसबारेमा केही बोल्नु मेरो लागि कठिन हुनेछ। म निराश छु किनकी हामी सेमिफाइनलबाट एक स्टेप टाढा रह्यौँ।‘ सामडोभ सन् २०११ मा रसियन राष्ट्रिय टिमका लागि छनोट भएका थिए। उनले ५३ खेल खेल्दै ७ गोल गरेका छन्।
रसियालाई पेनाल्टी सुटआउटमा ४(३ ले हराउँदै विश्वकप २०१८ को सेमिफाइनल प्रवेश गरेको क्रोएसियाले सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ। एजेन्सी
Comments