काठमाडौं २४ असार । ब्राजिल विश्वकपबाट बाहिरी सकेको छ । यसबारे प्रतिक्रिया आउने क्रम जारी रहेको छ । ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकपबाट बाहिरिनु आफ्नो करिअरको सबैभन्दा दुखद क्षण भएको बताएका छन् । उनले यस विश्वकपमा पाँच खेलमा दुई गोल गरेका थिए । बेल्जियमसँग २(१ गोलले पराजित भएपछि उनी निराश देखिएका थिए ।
उनले भनेका छन्, ‘हामीले इतिहास रच्ने मौका गुमाएका छौ । यस्तो मौका बारम्बार आउँदैन । मेरो लागि यो मेरो करिअरकै सबैभन्दा ठुलो दुखद क्षण हो । उनले थप्दै भने, ‘यो पराजयले म बलहिन भएको महसुस गरेको छु । भगवान्ले मलाई पुन बलवान बनाउने आशामा रहेको छु । यो टिमको मुख्य खेलाडी हुन पाउँदा निकै खुसी छु ।’ एजेन्सी
Comments