२२ असार । रसियामा जारी विश्वकप फुटबलमा ६ खेलमा सही भविष्यवाणी गरेको बिरालोको मृत्यु भएको छ ।
विश्वकपमा भएको भविष्यवाणीका कारण चर्चामा आएको यो बिरालोको निधनले चिनियाँहरुलाई दुखिद बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
बिरालोको अगाडि खाना र झण्डासहितको दुई कचौरा राखिन्छ । बिरालोले जुन कचौरामा खान्छ त्यही टोली जित्ने भविष्यवाणी हुने क्रममा ६ वटा मिलेको थियो ।
प्यालेस म्युजियमले चीनका वेइबो (ट्विटर जस्तै) मा उसको एकाउन्ट पनि बनाइदिएको थियो । अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो।
Comments