काठमाडौं २१ असार । विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरुको कमि रहेको छैन न त युवा प्रतिभाहरुको । यस विश्वकपमा उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु यस्ता छन् ।
हिर्भिङ लोजानो
मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो युरोपमा पिएसभीका लागि खेल्ने गर्छन् । यस प्रतियोगितामा उच्च प्रदर्शनसंगै बार्सिलोना र म्यानचेस्टर युनाइटेड उनीमा इच्छुक रहेको खबर आएको छ । केही दिन यता इंग्लिन क्लब आर्सनल पनि लोजानोप्रति निकै इच्छुक देखिएको छ ।
अलेक्जान्डर गोलोभिन
आयोजक रुस क्वाटरफाइनलसम्म पुग्दै सबैलाई आश्चर्यचकित बनाउन सफल भएको छ । रुसको प्रदर्शनमा सबैभन्दा ठूलो हात उसका युवा प्ले(मेकर एलेक्जान्डर गोलोभिनको रहेको छ । २२ वर्षे गोलोभिन सिएसकेए मस्कोबाट क्लब फुटबल खेल्छन् र यस विश्वकपमा १ गोल र २ असिस्ट गरिसकेका छन् । गोलोभिनलाई भित्राउन इंग्लिस टोली चेल्सी निकै नजिक रहेको बुझिएको छ ।
किलियन एम्बाप्पे
१९ वर्षे किलियन एम्बाप्पेको अर्जेन्टिना विरुद्धको उत्कृष्ट प्रदर्शन प्रशंसायोग्य रहेको थियो । मोनाको र पिएसजीबाट क्लब फुटबल खेलेका १९ वर्षे एम्बाप्पेले आफ्नो लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । ३ गोल गरिसकेका एम्बाप्पेलाई रियल म्याड्रिडले भित्राउन पनि खोजिरहेको छ । तर अहिलेसम्मको सम्झौता अनुरुप उनी अर्को सिजन पिएसजीमै रहनेछन् । नेयमारपछि एम्बाप्पे विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी रहेका छन् ।
प्रतिकृया दिनुहोस
Comments