काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएरातिबाट प्रि–क्वाटरफाइनल खेल सकिएसंगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।
फ्रान्स, उरुग्वे, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम, स्विडेन र इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यस्तै अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको, जापान, स्वीजरल्याण्ड र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गर्न सकेनन् । विश्वकपको क्वाटरफाइनल खेलहरू शुक्रबारबाट शुरु हुनेछ ।
यस्तो छ तालिका
उरुग्वेविरुद्ध फ्रान्स
यो खेल जुलाई ६ मा अर्थात आउँदो शुक्रबार निज्नी नोभगोर्ड रंगशालामा हुनेछ । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
ब्राजिलविरुद्ध बेल्जियम
ब्राजिलविरुद्ध बेल्जियमको खेल क्वार्टरफाइनलको प्रतिक्षितमध्येको एक खेल हो । यो खेल काजान एरिनामा शुक्रबार राति पौने १२ बजे सुरु हुनेछ ।
रसियाविरुद्ध क्रोएशिया
फिस्ट रंगशालमा विश्वकपको आयोजक राष्ट्र रसियाले क्रोएशियाको सामना गर्नुपर्नेछ । यो खेल आउँदो शनिबार अर्थात् जुलाई ७ को बेलुकी पौने १२ बजे सुरु हुनेछ ।
स्विडेनविरुद्ध इंग्ल्याण्ड
यी दुई राष्ट्र सामरा रंगशालमा आउँदो शनिबार भिड्दैछन् । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
Comments